काठमाडौँ । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ ।
ललितपुरको स्टार अस्पतालमा भेन्टिलेटरमा राखेर उपचारको क्रममा पौडेलको शुक्रबार बिहान निधन भएको हो । कोरोनावाट ज्यान गुमाउने उनी दोस्रो न्यायाधीश हुन्।
यसअघि जिल्ला अदालत काठमाडौंका न्यायाधीश वासु श्रेष्ठको निधन भएको थियो।












