घुससहित सहायक वन अधिकृत पौडेल पक्राउ

प्रकाशित मिति:

काठमाडौं । धादिङको नीलकण्ठ सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेल ४० हजार नगदसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले पौडेललाई कार्यकक्षबाटै पक्राउ गरेको हो ।

वन कार्यलयले समातेको काठको धनीलाई मुद्धा नचलाउने शर्तमा दिएको घुस लिएको पाइएको बताइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार एक प्रेस विज्ञप्ति जारी गरेर उक्त जानकारी दिएको हो ।

‘सेवाग्राहीबाट चालीस हजार रुपैयाँ घुस लिएको अवस्थामा निजलाई उक्त रकमसहित निजकै कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।’ आयोगले विज्ञप्तिमा भनेको छ ।