स्नातक तेस्रो बर्षको नतिजा प्रकाशित

प्रकाशित मिति:

मङ्सिर १५ बुटवल । त्रिभुवन विश्वबिद्यालयले स्नातक तेस्रो वर्षको नतिजा प्रकाशित गरेको छ । त्रिविले ३ बर्षे बीएड तेस्रो वर्षको नतिजा सार्बजनिक गरेको हो ।

३ बर्षे बीएड तेस्रो वर्षको परीक्षा यही असारमा संचालन भएको थियो । २४ हजार ३३ जना बिद्यार्थी सामेल भएको परीक्षामा जम्मा ९ हजार ३ सय ९३ बिद्यार्थी मात्र उत्तीर्ण हुन सफल भए ।