रुद्रपुर हरैया सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा कञ्चन गाउपालिकालाई ५ लाख बराबरको स्वास्थ्य सामाग्री प्रदान
७ असार,कञ्चन- रुद्रपुर हरैया सम्पर्क मञ्च दक्षिण कोरियाद्वारा कञ्चन गाउपालिकाबाट संचालित कोभिड अस्थाई अस्पतालका लागि करिब ५ लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ। “हामी सबैको प्रतिबधता, कोभिड विरुद्ध हाम्रो एकताू भन्ने नारा सहित बैदेशिक रोजगारको क्रममा दक्षिण कोरियामा गएका कञ्चनका युवाहरुद्वारा आर्थिक स्वरुप राहत संकलन गरि पठाएका करिब ५ लाख रुपैया बराबरको स्वास्थ्य सामाग्री खरीद गरी कञ्चन गाउपालिकाले रुद्रपुर स्वास्थ्य चौकीमा संचालन गरेको कोभिड अस्थाई अस्पताललाई सहयोग हस्तान्तरण गरिएको हो ।
८ वटा ठूलो सिलिण्डर, २ थान फेल्डिंग बेड,४ थान सामान्य बेड, २ थान अक्सिमिटर,१ थान ह्वील चियर, १ थान स्ट्रेचर लगायत स्वाथ्य सामाग्री कञ्चन गाउपालिकाका अध्यक्ष गोकण बहादुर क्षेत्री र स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमलाई संयुक्त रुपमा हस्तान्तरण रुद्रपुर हरैया सम्पर्क मञ्च दक्षिण कोरियाका लागि रुद्रपुर सम्पर्क मञ्चका प्रतिनीधि सुभास क्षेत्रीले हस्तान्तरण गरेका हुन ।स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा सहयोगदाताहरुलाई धन्यवाद दिदै रुपन्देही क्षेत्र नं। ५ ९क०का सभासद तथा नकपा एमाले लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक भुमिश्वर ढकालले बैदेशिक रोजगारको क्रममा बिदेशमा रहेका कञ्चनका युवाहरुबाट आफ्नो जन्मभुमि प्रतिको सदभाव सहितको सहयोग निकै स्रहानिय रहेको बताए । बिषम परिस्थितीको समयमा नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न गाउपालिकाले गरेको कार्यहरुमा आफ्नो परिवारको खुशीका लागि बिदेशका युवाहरुबाट भएको सहयोगले गाउपालिका र स्वास्थ्यकर्मी हरुके मनोवलमा थप उत्साह थपिने बिश्वास ब्यक्त गरे ।कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बिदेशमा भएका युवाहरुबाट भएको सहयोग प्रति आभार ब्यक्त गर्दै अस्थाई रुपमा संचालन गरिएको कोभिड अस्पताललाई स्थाई रुपमा निरन्तर संचालन गर्न छुट्टै आइसोलेसन भवन बनाउने योजना रहेको आगामी दिनमा सहयोगदाताहरुबाट प्राप्त हुने सहयोग आइसोलेसन भवन बनाउनमा खर्चिने बताए ।
यस्तै रुद्रपुर हरैया सम्पर्क मञ्च दक्षिण कोरियाका प्रतिनीधिहरु बैदेशिक रोजगारको क्रममा दक्षिण कोरियामायुद्ध सलामी,कुल बहादुर थापा,राज भण्डारी,किशोर ढकाल र लेखनाथ पौडेलले “हामी सबैको प्रतिबधता, कोभिड विरुद्ध हाम्रो एकताू भन्ने नारा सहित १५ दिने राहत संकलन अभियान संचालन गरेका थिए । कोभिड अस्थाई अस्पतालका लागि स्वास्थ्य सामाग्रीहरुको ब्यबस्थापनका लागि कञ्चनमा रहेर रुद्रपुर हरैया सम्पर्क मञ्च दक्षिण कोरिया,रुद्रपुर सम्पर्क केन्द्रका प्रतिनीधिहरु सुभास क्षेत्री,किरन सारु र बिपिन पौडेलले सहजिकरण गरेका थिए । कार्यक्रम रुद्रपुर स्वास्थ्यचौकीको सभाहलमा सम्पन्न भएको थियो ।











