रूपन्देहीको पछिल्लो आदेश,असार ९ देखि निजि सवारीसाधन चल्ने,सरकारी कार्यालय खुल्ने
रुपन्देहीमा (भोली असार ८)मंगलबारबाट सरकारी कार्यालयसहित निजी सवारी साधन खुल्ने भएका छन् ।
निषेधाज्ञा थप खुकुलो बनाइने भएको हो । यस्तै सरकारी कार्यालय पनि भोलिदेखि नै खुल्ने भएका हुन् । सार्वजनिक सवारी साधन भने अझै खुला भएको छैन । जोर-विजोर प्रणाली अनुसार जोर गते जोर नम्बरका सवारी र विजोर गते विजोर नम्बरका सवारी साधन चलाउन पाइने
कोरोना संकट व्यवस्थापन समिति डीसीसीएमसीको सोमबार बसेको बैठकले नीजि सवारी साधन मात्रै चल्न पाउने गरि निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेको हो ।












