पश्चिम नवलपरासीका स्थानिय तहको निति तथा कार्यक्रम र बजेट

प्रकाशित मिति:

पुर्वाधार विकास, स्वस्थ्य, शिक्षा र कृर्षिमा केन्द्रित

 

प्रकाश न्यौपाने
असार ११ गते
नवलपरासी । पश्चिम नवलपरासीमा रहेका सातँौ वटा पालिकाहरुले वार्षिक निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरीसकेका छन । पलिकाहरुले प्रस्तुत गरेको वार्षिक निति तथा कार्यक्रम र बजेट हेर्दा पुर्वाधार विकास, स्वस्थ्य, शिक्षा र कृर्षिमा केन्द्रित रहेको देखिएको छ ।

बर्दघाट नगरपालिका

बर्दघाट नगरपालिकाले ८० करोड बराबरको बजेट प्रस्तुत गरेको छ । बजेटमा पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिँदै १७ करोड ७५ लाख बजेट विनियोजन गरिएको छ ।

स्वास्थ्य तथा पोषण तर्फ ६ करोड ३३ लाख, भवन तथा सहरी विकासमा ४ करोड ४५ लाख, कृषि तथा पशुपालनमा ३ करोड ३१ लाख , पर्यटनमा ४ करोड ५६ लाख रुपैया बजेट विनियोजन गरिएको नगर उप–प्रमुख पौडेलले जानकारी दिनुभयो । सोही सभाबाट बर्दघाट नगरपालिकाको आर्थिक बिधेयक २०७८, बर्दघाट नगरपालिकाको विनियोजन बिधेयक २०७८, बर्दघाट नगरपालिकाको वन व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०७८, बर्दघाट नगर शिक्षा ऐन २०७७ को प्रथम संसोधन बिधेयक पारित गरीएको नगर प्रमुख धिरज शर्माले जानकारी दिनुभयो । उहाका अनुसार कोभिड १९ को महामारीबाट नागरिकको रक्षा गर्ने विषय प्रमुख प्राथमिकता भएको बताउँदै रोजगारी सृजना र पूर्वाधार विकासमा जोड दिईएको छ । कृषि सहकारी ,पशु विकास, घरेलु तथा लघु उद्यम र पूर्वाधार विकासको क्रियाकलाप मार्फत रोजगारी सृर्जना गर्ने, स्वास्थ्य संस्थाहरुको सबलीकरण गुणस्तरिय शिक्षा, खानेपानी र सरसफाईमा सबैको पहँुच मार्फत सामाजिक सशक्तिकरण र मानविय विकास गर्ने, विपत व्यवस्थापन गर्दै वातावरणको विकास अवधारणा अवलम्बन गर्ने उदेश्यका साथ निति तथा कार्यक्रम ल्याएको बताउनुभयो ।

 

रामग्राम नगरपालिका

रामग्राम नगरपालिका आर्थिक वर्ष २०७८÷०८९ मा ७३ करोड ५२ लाख ६ हजारको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाले कोरोना भाइरस कोभिड–१९ को रोकथाम, प्रविधि मैत्री,कृषि ,स्वस्थ्य, शिक्षा र पुर्वाधारलाई प्राथमिकतामा राखी उक्त बजेट निर्माण गरिएको नगर प्रमुख नरेन्द्र गुप्ताले बताउनु भयो । गरिबि निवारण, एक घर एक करेसाबारीको निति लिइएको छ ।

रामग्राम स्तुपमा संग्रालय, पन्डितपुरमा शान्ती कोलिय उद्यान निर्माण, छोरी बचाउ छोरी पढाउ कार्यक्रम जस्ता कार्यक्रम नगरपालिकाले निति तथा कार्यक्रममा समेटिएको छ । नगरपालिकाले पूर्वाधार तर्फ ठूला योजनाहरुको डिपीआर पश्चात योजना संचालन गर्ने् एक वाड एक उत्पादन क्षेत्र, मेयर यूवा इलम कार्यक्रम, मेयर क्षत्रावृती कार्यक्रम बालमैत्रि स्थानीय शासन दिगोपान रणनीति बालबालिका संग मेयर ,एक वाड एक पोखरी एक नमुना पार्क, मेयर उज्यालो कार्यक्रम, सूचना तथा अभिलेक कक्षको निर्माण, सञ्चार माध्यमसंग समन्वय एबं सहकार्य गरिने, न्यायिक समितिलाई मजबुद बनाउने, महिलाहरुलाई शसक्तिकरण, जेष्ठ नागरिक संग मेयर उपमेयर, तिनिहरुलाई पोषणका सामाग्री र झोला वितरण गर्ने जस्ता निति लिईएको नगर प्रमुख गुप्ताले बताउनु भयोे । प्रहरिमा बृद्धि गर्दै सिसिटीभी क्यामेराको जडान गर्ने, स्ट्रिट लाईट, भूमि व्यव्थापन, करदातालाई सम्मान र करछुटको निति लिईएको छ भने टोल बिकास सस्थाहरुलाई प्रभावकारी बनाउने र मेलमीलाप केन्द्रलाई वडावडा सम्म लिइएको गुप्ताले बताउनु भयो ।

 

सुनवल नगरपालिका
सुनवल नगरपालिकाले पनि यसअघिनै असार ६ गते ९२ करोड ४९ लाख ६८ हजार रुपैयाँ बराबरको अनुमाति आयव्यय विवरण प्रस्ततु गरेको छ ।

कृषि, पर्यटन ,प्रकृतिक स्रोत उघोग ,र व्यापार समृद्ध सुनवलको बलियो आधार भन्नेमुल नाराको साथ नगरपालिकाले नवौ नगर सभा सम्पन्न भएको हो । नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सुनवल नगरपालिकाका नगर प्रमुख भिमबहादुर थापा क्षेत्रिले कृषि स्वास्थ्य र शिक्षालाई विशेष प्रथामिकता साथ बजेट बिनियोजन गरिएको बताउनु भयो । नागरीकलाई सम्मान तथा एक वडा एक दिवा सेवा कार्यक्रम बाकि वडाहरुमा विस्तार गरिने , सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाईने तथा सुनवल ५ बनकट्टिमा १५ शैयाको प्राथमिक अस्पताल निर्माणको कार्यलाई निरन्तरता दिई सम्पन्न गरिने लगायत विषय निति तथा कार्यक्रममा समावेश गरिएको छ । यस्तै शिक्षामा विद्यालयको पठनपाठनलाई सुचना प्रविधिको प्रयोग गरी बैकल्पिक माध्यमबाट कुनैपनि महामारी वा विपद्मा समेत अध्यापनलाई निरन्तरता दिन समुदायमा सिकाई घरघरमा शिक्षक अभियान संचालन गरिने , सुनवल शिक्षा निति जारी गरिने, विद्यार्थि संख्याका आधारमा भौतिक पुर्वाधार मर्मत तथा सुधारका कार्यक्रम संचालन गरिने उल्लेख छ ।

प्रतापपुर गाउँपालिका

प्रतापपुर गाउँपालिकाले आगामी आर्थिक बर्ष ०७८÷०७९ का लागि कुल ६९ करोड ५७ लाख ८० हजार ८ सय ३ रुपैया बराबरको बजेट ल्याएको छ । अन्तर्गत आर्थिक बिकास तर्फ,शिक्षा विकास, स्वास्थ्य तर्फ छुट्टाएको छ । त्यस्तै कृषि विकासका तथा पशु सेवा कार्यक्रम,पर्यटन सहकारी तथा उद्योग बाणिज्य तर्फ रकम छुट्टाएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज खनालले जानकारी दिनु भयो ।


त्यसैगरि पुर्वाधार बिकास तर्फ बिनियोजन गरिएको छ भने वातावरण तथा बिपद ब्यस्थापनमा र संस्थागत बिकास तथा शुशासन रकम बिनियिजन गरिएको छ । कृषि सडकको स्तरउन्नोति गरी कृषकलाई कृषि उपजको ओसारपसारमा सहज गराउने उदेश्यले बजेट विनियोजन गरिएको गाँउपालिकाले जनाएको छ । एक वडाबाट अर्को वडा जोड्ने गरी सडक संञ्जाल विस्तार गरिने कार्यवहाक अध्यक्ष चौधरीले बताउनुभयो ।

पाल्हीनन्दन गाँउपालिका
पाल्हीनन्दन गाँउपालिकाले पनि विहिबार निति तथा कार्यक्रम र बजेट गाँउ सभामा पेस गरेको छ । पाल्हीनन्दनको गाँउपालिकाले कृषि, स्वास्थ्य, र पूर्वाधारलाई प्राथमिकता दिइएको गाउँपालिका अध्यक्ष वैजु प्रसाद गुप्ता दिपकले जानकारी दिनुभयो । पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरि आधुनिक सुविधा सम्पन्न स्वास्थ्य केन्द्र बनाइने भएको छ । गाउँपालिकाले चक्रपथ निर्माण गर्ने र यातायात गुरुयोजना निर्माणको क्रममा रहेको अध्यक्षले गुप्ताले बताउनुभयो । युवाहरुलाई रोजगारी बनाउन ग्रामीण विकास कोष स्थापना गर्ने निति लिएको छ । हरपुरमा निर्माणाधिन रंगशालालाई आगामि आर्थिक वर्षमा पूर्णता दिने भएको छ ।

सरावल गाउपालिका
सरावल गाउपालिकाले स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । गाँउपालिकाले ३३ करोड ७ लाख ४० हजार बराबरको बजेट प्रस्तुत गरेको गाँउपालिकाका प्रमुख प्रशासयिक अधिकृत वुद्ध प्रकाश पौडेलले जानकारी दिनुभयो । सरावल गाउँपालिकामा एउटा पनि चिकित्सक सहितको स्वास्थ्य संस्था नभएकाले अहिलेको गाउँ सभा मार्फत एमविविएस सरहको चिकित्सकको दरबन्दी सृजना गरी सेवा शुभारम्भ गर्ने निर्णय गरीएको सरावल गाउ पालिकाका अध्यक्ष राधेश्याम चौधरीले बताउनु भयो ।

सुस्ता गाउँपालिका
सुस्ता गाउँपालिकाले आगामी आर्थिक बर्ष ०७८÷०७९ का लागि कुल ५७ करोड ६४ लाख ४६ हजार १ सय ७२ रुपैया बजेट ल्याएको छ । गाँउपालिकाले कृषि, स्वास्थ्य, र पूर्वाधारलाई प्राथमिकता दिइएको गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले जानकारी दिनुभयो । गाउँपालिकाले उक्त बजेटलाई क्षेत्रगत रुपमा बिनियोज गर्दा सामाजिक बिकास तर्फ ३ करोड ९८ लाख ३१ हजार,आर्थिक बिकास तर्फ ३ करोड ३८ लाख ३० हजार,पुर्वधार बिकास तर्फ १५ करोड ९२ लाख ४१ हजार १ सय ७२ रुपैया,वातावरण तथा बिपद व्यवस्थापन तर्फ ४८ लाख,सुशासन तथा अन्तरसम्बन्धित तर्फ १ करोड १४ लाख,कार्यालय संचालन तथा प्रशासनिक खर्च तर्फ ५ करोड ३५ लाख र वडा कार्यालयबाट संचालन हुने कार्यक्रम तर्फ ३ करोड ६० लाख बराबरको रकम छुट्टाएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रसाद बस्यालले जानकारी दिएका छन् ।