नेपालमा थपिए २२९९ कोरोना संक्रमित, ३४५१ निको

प्रकाशित मिति:

बुटवल । नेपालमा थप २२९९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट १३९१ र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख ४२ हजार ५३ र एन्टिजेनबाट ३६ हजार ७५५ जना पुगेको छ ।

यस्तै, आज थप ३४५१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ३ हजार ६०० जना पुगेको छ ।

आज संक्रमणबाट थप ३४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ९ हजार १७९ पुगेको छ ।