आगामी साता चीनबाट थप १० लाख डोज कोरोना खोप ल्याइने

प्रकाशित मिति:

काठमाडौं। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको राजधानी बेइजिङबाट कोरोनाविरुद्धको थप १० लाख डोड खोप ल्याउने भएको छ।

सरकारको निर्णयअनुरुप चीनबाट खोप ल्याउनका लागि असार २४ गते वाइडबडी ए३३० जहाज पठाउने तयारी गरिएको निगमका महाप्रबन्धक डिमप्रकाश पौडलले जानकारी दिए।

खोप लिएर निगमको जहाज भोलिपल्ट काठमाडौँ फर्किनेछ। “खोप अनुदानको हो या खरिदको भन्ने अहिले खुलिसकेको छैन, तर ल्याउने तयारी थालिसकेका छौँ,”उनले भने।