सुजिता भण्डारी मृत्यु प्रकरण : दोषीलाई कानुनी कठघरामा उभ्याउन कांग्रेसको माग
काठमाडौँ-नेपाली कांग्रेसले पूर्वी चितवनको राप्ती नगरपालिकाकी युवती सुजिता भण्डारीको रहस्यमय ढंगले भएको मृत्युले गम्भीर आशंका जन्माएको भन्दै रहस्यमय अपराधको गहिरो अनुसन्धान गर्न र दोषीलाई अविलम्ब कानुनी कठघरामा उभ्याउन माग गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गर्दै ९ दिनसम्म उनी नभेटिनु, कसैको नियन्त्रण र अपहरणमा परेको सूचना उनले दिएपछि पनि खोज अनुसन्धानले परिणाम हासिल नगर्नु र अन्तिममा जंगलमा मृत शरीर भेटिनुले अनेक प्रश्न उब्जिएको बताएका छन् ।
९ दिनअघि घरबाट निस्किएकी राप्ती नगरपालिका–३ की २३ वर्षीया भण्डारीको शव आइतबार दिउँसो ब्रम्हस्थानी सामुदायिक वनको जंगलमा भेटिएको थियो ।












