नेपालकै दोस्रो लामो पुल नजिकैको सडकको भाग भत्कीयो

प्रकाशित मिति:

दाङ। लगातार बर्षातका कारण आएको बाढिले नेपालकै दोस्रो लामो पुल नजिकैको सडकको भाग भत्किएको छ । दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिकाको महादेवा र सिसहनिया जोड्ने राप्तीनदीको पक्की पुल नजिकै सडकको भाग भत्किएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार पुल नजिकैको भाग सहित सडकको केहि भाग भत्किएको छ ।

तर यस बारेमा विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङवाङको टोली गएको प्रहरीको भनाई छ । गएको माघमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुलको उद्घाटन गर्नुभएको थियो ।
राप्ती गाउँपालिका र गढवा गाउँपालिकाको महदेवा जोड्ने गरी नेपालकै दोस्रो लामो पक्की पुलको लम्बाइ ८६० मिटर रहेको छ भने चौडाइ साढे १० मिटर रहेको छ ।