एमाले कार्यदलको बैठक सम्पन्न, भोलिसम्म सुखद समाचार सुन्न पाइने नेताहरूको भनाइ 

प्रकाशित मिति:

शनिबार सिंहदरबारमा बसेको बैठक सहमति नजिक पुगेर सम्पन्न भएको कार्यदलमा सहभागी नेताहरूले प्रतिक्रिया दिएका छन्।

२५ असारमा बसेको कार्यदलको बैठकपछि नेताहरूले आज निष्कर्षमा पुग्ने बताएका थिए। तर, आजको बैठक पनि सहमतिलाई अन्तिम रुप दिन असफल भएको छ। अध्यक्ष केपी शर्मा ओली पक्षका नेता सुवास नेम्वाङले भोलि (२७ असार) बिहान ८ बजे सुखद समाचार सुन्न पाइने बताए।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता भीम रावल र गोकर्ण विष्टले पनि सहमति नजिक पुगेको जनाएका छन्। रावलले भने, “सहमतिको अन्तिम बिन्दुमा पुगेका छौं, छिट्टै निष्कर्षमा पुग्छौं।”