रोटर्याक्ट क्लब अफ लुम्बिनी स्टार्सको २३ औँ नियमित बैठक सम्पन्न

प्रकाशित मिति:

बुटवल- रोटर्याक्ट क्लब अफ लुम्बिनी स्टार्सको २३ औँ नियमित बैठक बुटवलको सुख्खानगर स्थित होटल म्यारिगोल्डमा सम्पन्न भएको छ । क्लबका अध्यक्ष मुक्तीराम भण्डारीको अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथी नि, अध्यक्ष बिमल ढकाल रहनुभएको थियो । क्लबका सह-सचिब सरोज पाण्डेको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा क्लबका साधारण तथा कार्यसमिति सदस्यहरुले आफ्ना भनाईहरु प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी ढकालले क्लबको गरिमा बचाउनका निमित्त नयाँ ढंगले अघि बढ्दै सबैको साझेदारीमा सरसल्लाह र काम गर्नुपर्ने बताउनुभएको थियो ।त्यस्तै क्लबका अध्यक्ष मुक्तीराम भण्डारीले बर्षभरीका कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । साथै उहाँले क्लबको ह्यान्डओभर कार्यक्रम साउन ८ गते बनकट्टा स्थित होटल द केभ गार्डेन रेस्टुरेन्टमा हुने समेत बताउनुभएको थियो । उक्त कार्यक्रम सम्पन्न गर्नका लागि कार्यक्रम संयोजक इलेक्ट प्रेसिडेन्ट योगेन कंडेललाई जिम्मा दिइएको छ ।

कार्यक्रममा इलेक्ट प्रेसिडेन्ट योगेन कंडेल, कोषाध्यक्ष राजिब कुवँर लगायतले आफ्ना मन्तब्यहरु राख्नुभएको थियो । साथै क्लबका सचिब सुदिप न्यौपानेले आफ्ना भनाइहरु राख्दै कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने सुनिल जिसीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।