प्रदेश नं ५ का मुख्य मन्त्री शंकर पोखरेलले प्रदेशको शिक्षा कस्तो खालको बनाउने भन्ने विषयमा म्यापिङ्ग गर्ने र शिक्षा निति बनाउने कार्यमा यो वर्ष प्रदेश नं ५ को सरकार कटिवद्ध भएर लागेकोे बताउनु भएको छ । नवलपरासीमा दिब्य ज्योती बहुमुखि क्याम्पस बर्दघाट–२,चिसापानीको २९ औं वार्षीकोत्षव समारोहलाई सम्वोधन गर्दै मन्त्री पोखरेलल अहिले बजारमा खोजी भएको शिक्षाको अध्ययन अनुसान्धान गरेर सोही अनुसारको शिक्षा प्रदेश मा लागु गर्ने योजना सरकारको रहेको बताउनु भयो । उंहाले अहिले सम्म प्रदेश नं ५ ले कक्षा १० सम्म नेपालको शिक्षा क्षेत्रमा ५० प्रतिशत भन्दा बढी सफलता प्राप्त गरेपनि १० भन्दा माथीका विद्यार्थीहरुको रोजाईको विषय र बजारले खोजेको विषय ५ नं प्रदेशमा नभएकाले विद्यार्थीहरुलाई टिकाउन नसकेका कारण प्रदेश नं ५ को शिक्षा क्षेत्र खस्किदै गएको बताउनु भयो । उहांले ५ नं प्रदेशमा उत्पादन भएका सबै विद्यार्थीहरुलाई टिकाईराख्नका लागि उनीहरुको चाहना अनुसारको , बजारले खाजेको तथा विश्वबजारमा विक्ने खालको शिक्षा दिनका लागि यहांका शिक्षालयहरु लाग्न जरुरी रहेको बताउनु भयो ।
यसैगरी ५ नं प्रदेशमा अहिले सम्म बुद्ध विश्व विद्यालय र नेपाल संस्कृत विश्व विद्यालय गरी दुईवटा विश्व विद्यालय रहेपनि ति दुवै विश्व विद्यालयले आधुनिक शिक्षाको प्रतिनिधित्व गर्न नसक्ने बताउदै अब प्रदेश सरकारले आधुनिक विश्व विद्यालयको परिकल्पना गरी सकेको बताउनु भयो । त्यसका लागि कस्तो खाल्का आधुनिक शिक्षाको प्रतिनिधित्व गर्ने विश्व विद्यालय बनाउनु पर्ला त्यो सम्वन्धित विज्ञहरुले सुझाव र सल्लाह दिन पनि मन्त्री पोख्रेलले आग्रह गर्नु भयो । मन्त्री पोखरेलले अहिलेका शिक्षक तथा प्रध्यापकहरुले पुरानै पाराले पढाउने गरेका कारण परिणम मुखि रिजल्ट नआएको बताउदै परीणम मुखि रिजल्टका लागि तालीम लिई रहनु पर्ने बताउनु भयो ।












