जाँदाजाँदै ओलीले भने – २ करोड खोप खरिद गर्ने प्रक्रिया अगाडि बढेको छ

प्रकाशित मिति:

प्रधानमन्त्री केपी ओलीले २ करोडभन्दा बढी डोज खोप खरिद प्रक्रियामा रहेको बताएका छन् ।

सिंहदरबारबाट देशवासीका नाममा बिदाइ सम्बोधन गर्दै उनले भने, ‘१ करोड ३१ लाख डोज सुनिश्चित भइसकेको छ, उनले भने, ‘२ करोडभन्दा बढी डोज खोप खरिद गर्ने प्रक्रिया टुंगो लागेको छ ।’

प्रधानमन्त्री ओलीले सबै नागरिकका लागि खोप सुनिश्चत भइसकेको दाबीसमेत गरे । ‘कोभिड नियन्त्रण गर्ने चरणमा छौँ । सम्पूर्ण नेपालीलाई खोप उपलब्ध गराउने बाटोमा अगाढि बढेका छौँ । २०२१ भित्र ठूलो जनसंख्यालाई लगाउँछौँ ,’ उनले भने ।