अमेरिकी सेयर बजार इतिहासकै उच्च विन्दुमा

प्रकाशित मिति:

काठमाडौं-अमेरिकी सेयर बजार इतिहासकै उच्च विन्दुमा पुगेको छ । सोमबार अमेरिकाका ३ वटै सेयर बजार सूचक अल टाइम हाई विन्दुमा बन्द भएका छन् । डाउ जोन्स इन्डष्ट्रियल एभरेज १२६.०२ अंक ९०.४५० ले बढेर हालसम्मकै उच्च ३४,९९६.१८ विन्दुमा बन्द भएको छ । यस्तै, एस एन्ड पी ५०० सूचक पनि १५.०८ अंक ९०.४५० ले वृद्धि हुँदै ४,३८४.६३ को रेकर्ड विन्दुमा बन्द भएको छ ।

एस एन्ड पी सूचक इन्ट्रा डे कारोबारमा ४३८६.६८ विन्दुसम्म पुगेको थियो । यता, नास्डाक कम्पोजिट सूचकले पनि सोमबार नयाँ रेकर्ड कायम गरेको छ । नास्डाक ३१.३२ अंक ९०.२५० ले बढेर १४,७३३.२४ विन्दुमा बन्द भएको छ । इन्ट्राडे कारोबारमा नास्डाक १४,७६१.०८ विन्दुसम्म पुगेको थियो । अमेरिकामा आम्दानीको सिजन सुरु भएकाले बजार उच्च विन्दुमा पुगेको बताइएको छ ।

सूचीकृत कम्पनीहरुको त्रैमासिक रिपोर्ट सार्वजनिक हुन लागेको छ । अमेरिकी लगानीकर्ताहरु अर्थव्यवस्था मजबुत बन्दै गएकाले कम्पनीको आम्दानी राम्रो हुने अपेक्षामा रहेका छन् । जसले सेयर बजारलाई नयाँ उचाईतर्फ डोहोर्याएको विश्लेषण गरिएको छ ।