राप्रपा अध्यक्ष थापाको नजरमा निवर्तमान प्रधानमन्त्री ओलीका अविस्मरणीय ३ योगदान
काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा अविस्मरणीय तीन काम गरेको बताएका छन्।
आज ट्वीटरमा एक पोष्ट गर्दै उनले ओलीलाई जनादेशबाट विजयी तर परमादेशबाट पराजित भएको भन्दै नयाँ यात्राको शुभकामना दिएका हुन्।
उनले चुच्चे नक्सासहितको नेपालको नक्सा जारी, पृथकतावादी सिके राउत र विप्लव माओवादीलाई राष्ट्रिय मूल धारमा ल्याउने काम अविष्मरणीय भएको उल्लेख गरेका छन्।
निवर्तमान प्रम @kpsharmaoli को अविस्मरणीय योगदान:
-लिम्पियाधुरा सहितको भूभाग माथिको सशक्त दावी कायम गर्दै नेपालको 'चुच्चे'नक्सा निर्माण तथा
-पृथकतावादी सिके राउत र विप्लव माओवादीको राष्ट्रिय मूलधारमा प्रवेशजनादेशबाट विजयी तर परमादेशबाट पराजित केपी ओलीलाई नयाँ यात्राको शुभकामना
— Kamal Thapa (@KTnepal) July 13, 2021











