जाँदाजाँदै ओलीले बढाए २८ प्रतिशतसम्म गाडी भाडा

प्रकाशित मिति:

सरकारले सार्वजनिक सवारी साधनको भाडा २८ प्रतिशतले बढाएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले अन्तिममा आएर सार्वजनिक सवारीको भाडादर २८ प्रतिशतले वृद्धि गरेको हो ।

असार २७ गते बसेको मन्त्रीस्तरीय बैठकमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको निर्णयले भाडादर बढाउने निर्णय गरेका हुन् ।मन्त्रीस्तरीय निर्णयसँगै यातायात व्यवस्था विभागले भाडादर लागु गरेको छ । ढुवानीका सवारी साधनको समेत भाडादर बढाइएको छ ।

पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको हकमा २० प्रतिशत भाडा बढाइएको छ । त्यस्तै, तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको हकमा २६ प्रतिशतले भाडा बढाइएको छ ।२०७५ सालदेखि भाडादर बढाइएको थिएन । व्यवसायीको चौतर्फी दबाबपछि ओली सरकारले अन्तिममा भाडादर बढाएर गएको हो ।