लुम्बिनी प्रदेश प्रमुख यादवद्वारा दुई अध्यादेश जारी

प्रकाशित मिति:

रूपन्देही, साउन १ : लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले आज शुक्रबार दुई अध्यादेश जारी गरेका छन्। उनले प्रदेश विनियोजन अध्यादेश-२०७८ र प्रदेश आर्थिक अध्यादेश-२०७८ जारी गरेका हुन्।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवले नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिए।