विस्कनसिनमा बुवाआमा हराए भनि खबर गर्ने व्यक्तिलाई बुवाको क्रुर हत्या गरेकोको आरोप सहित पक्राउ
अमेरिकाको विस्कनसिन राज्यमा आफ्नै मातापिता हराए भनि खबर गर्ने व्यक्तिलाई पिताको क्रुर हत्या गरेकोमा आरोप सहित पक्राउ गरिएको छ । २३ बर्षिय चाण्डलर ह्याल्डरसनलाई आफ्नो बुबाको हत्या र विद्रोहको लागि गिरफ्तार गरिएको छ। उनले गत जुलाई ७ मा आफ्ना अभिभावक हराए भनि रिपोर्ट(प्रतिवेदन)दिएका थिए ।
उनलाई जानी जानी हत्या गरेकोमा प्रथम श्रेणीको हत्याको आरोप लगाईएको छ । उनले बुवालाई गोली हानी शव लुकाएको आरोप पनि लगाइएको छ । ह्याल्डरसनलाई अपहरण गरिएको वा हराएको व्यक्तिको बारेमा गलत जानकारी प्रदान गर्ने, लाशलाई टुक्राउने र लास लुकाउने आरोप लगाइएको छ । उनलाई जुलाई १५ का दिन बिहिबार १० लाख डलर जमानत(धरौटी)राख्न भनि एबिसी न्यूजले समाचारमा उल्लेख गरेको छ । उनले जुलाई ७ का दिन आफ्ना बाबुआमा बार्ट ह्यालडरसन र क्रिस्टा ह्यालडरसन हराएको खबर गरेका थिए । तर प्रहरीलाई गलत जानकारी प्रदान गरेको कारण एक दिन पछि उनलाई पक्राउ गरिएको अनुसन्धानकर्ताले बताएका छन् ।
डेन काउन्टी शेरिफको कार्यालयले उनका ५० बर्षिय पिता बार्ट ह्याल्डरसनको शव जुलाई ८ का दिन फेला पारेका थिए । चिकित्सा परीक्षकले गत सोमबार बार्टको मृत्यु “बन्दुकको चोटपटक लगायतको हिंस्रक हिंसाबाट” भएको घोषणा गरेका थिए ।एक साक्षीले उक्त इलाकामा गत जुलाई ३ का दिन चाण्डलररको विवरणसँग मिल्दो एक व्यक्तिलाई देखेर प्रहरीलाई खबर गरेका थिए ।
“यस क्षणमा हामी आशावादी छौं कि क्रिस्टा(आमा) अझै जीवित छिन र यो राम्रो कुरा हो ,” डेन काउन्टी शेरिफ काल्भिन ब्यारेटले बिहीबार भने।












