२५ घण्टामा थपिए २ हजार ९३६ कोरोना संक्रमित, मृतकको संख्या ९ हजार ५०० नाघ्यो

प्रकाशित मिति:

काठमाडौँ र नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९३६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा १४ हजार १८२ जनामा कोरोना परीक्षण गरिएकोमा २ हजार ६ जनाको पिसिआर र ९३० जनाको एन्टेजिन विधिबाट गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ४३ जना संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ । यससँगै मृतकको संख्या ९ हजार ५०६ पुगेको हो ।
यसैगरी सो अवधिमा एक हजार ७७५ जना संक्रमित निको भएका छन् ।

हालसम्म कूल ६ लाख २८ हजार २४३ संक्रमित निको भइसकेका छन् भने सक्रिय संक्रमितको संख्या २६ हजार ८२७ पुगेको छ । त्यस्तै, बितेको २४ घण्टामा काठमाडौँमा ३४३ जना, ललितपुरमा १३६ जना र भक्तपुरमा ६२ जना संक्रमित थपिएका छन् ।