क्यापिटल गजेट नामक पत्रिकाका ५ जना कर्मचारीको हत्या गर्ने बन्दुकधारीलाई आजीवन कैदको घोषणा

प्रकाशित मिति:

अमेरिकाको मेरिल्याण्ड राज्यमा संचालित क्यापिटल गजेटको कार्यालय एनापोलिसमा प्रवेश गरि ५ जनाको हत्या गर्ने बन्दुकधारीलाई आजीवन कैदको घोषणा गरिएको छ । ३ बर्ष पछि निर्णायक समितिले उक्त फैसला सुनाएको हो । ४१ बर्षिय जारोड ब्रस्ट नामक बन्दुकधारीले ५ जनालाई गोली हानि हत्या गए पछि उनलाई आक्रमणको जिम्मेवार ठहर गरे उनलाई सजाय सुनाएको हो ।

उनले सन् २०१८ को जुन मा आक्रमण गरि जेराल्ड फिसम्यान,रब हाइसेन,जोन म्याकनामारा ,रेबेका स्मिथ र वेंडी विनटर्सलाई गोली हानि हत्या गरेका थिए । उनलाई सन् २०१९ को अक्टोबरमा २३ वटा गणनामा दोषी ठहर गरिएको थियो । उनलाई मानसिक स्वास्थ्यको कारण आपराधिक जिम्मेवारी ठहर गरिएको थिएन । तर आज बसेको निर्णायक समितिले २ घण्टा भित्र आपराधिक उत्तरदायी भएको दोषी ठहर गर्दै फैसला सुनाएको थियो ।उक्त घटनाको बारेमा “अत्यन्त विचित्र” भन्दै हाम्रो काउन्टीले कहिल्यै देखेको थिएन । ” अभियोजकले भने ।निर्णायकले दुई घण्टा भन्दा कमको लागि छलफल गर्यो। अन्तिम फैसला ३ बजे आएको थियो । मेरिल्याण्ड राज्यको एन अरुनडेल काउन्टी सर्किट अदालतमा ३ हप्ता सम्म सुनुवाई भएको थियो ।

उक्त सुनुवाईमा दर्जनौ प्रत्यक्षदर्शी,८ जना मानसिक बिज्ञहरु तथा आक्रमणबाट बचेका व्यक्तिहरूको साक्षी प्रस्तुत गरिएको थियो। जुलाई १५ बिहिबारका दिन निर्णायक समितिका सरदारले फैसला पढेर सुनाएका थिए भने बाच्न सफल भएका समेतहरु फैसला सुन्न रातो वस्त्रमा त्यहाँ जम्मा भएका थिए ।हत्यारा रामोस तीन हप्ताको परीक्षणमा कालो मुखावरण (फेस मास्क )लगाएका थिए भने त्यो फैसलामा कुनै प्रतिक्रिया देखाएनन । त्यस पछि उनी केही टिपोट लेख्दै थिए र उनको पक्षका वकीलसँग कुरा गरिरहेका थिए भनि डब्लुटिओपीले समाचारमा उल्लेख गरेको छ ।अदालतको बाहिरको एक कक्षमा निर्णायक समितिले फैसला सुनाएपछि एन अरुनडेल काउन्टी राज्यका वकिल एनी कोल्ट लिटेस र सहायक राज्यका वकिल डेभिड रसललाई आफन्त र बचेका व्यक्तिहरूले ताली बजाई स्वागत गरेका थिए । केही बाहिर निस्केका निर्णायक समितिका सदस्यहरुलाई पनि कर्तल ध्वनि द्वारा स्वागत गरिएको थियो ।@enepalese.com