राजनीतिक दलहरूबीच वृहत् राष्ट्रिय एकताको खाँचो छ : सभामुख सापकोटा

प्रकाशित मिति:

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बृहत्तर राष्ट्रिय एकताको खाँचो रहेको बताएका छन् । आइतबारदेखि सुरु हुने संघीय संसद्को अधिवेशनको तयारीको सम्बन्धमा संघीय संसद् भवन नयाँ बानेश्वरमा निरीक्षणका लागि पुगेका सभामुख सापकोटाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै राजनीतिक दलहरूबीचमा बृहत्तर राष्ट्रिय एकता आवश्यक रहेको बताए ।

उनले नेपालीको आत्मनिर्णयको अधिकार प्रयोग गरेर अगाडि बढ्न तथा संविधान जारी भएसँगै जनताले राखेका आशालाई विश्वासमा परिणत गर्नका लागि वृहत् राष्ट्रिय एकताको खाँचो रहेको बताए ।उनले वृहत् राष्ट्रिय एकताको शक्तिशाली शन्देश दिने थलो प्रतिनिधि सभा भएको र प्रतिनिधि सभाबाट राष्ट्रिय एकताको शन्देश दिनुपर्ने पनि बताए ।“वृहत् राष्ट्रिय एकताको शक्तिशाली सन्देश दिने थलो चाहिँ प्रतिनिधि सभा हो । यहाँबाट त्यो शन्देश दिनुपर्छ भन्ने मेरो मत छ,” उनले भने ।

सभामुख सापकोटाले राष्ट्रिय एकता कायम गर्न आफूले इमान्दारीतापूर्वक र निष्ठाका साथ समन्वय गर्ने पनि बताए । उनले संसद् बैठक व्यवस्थित ढंगले गर्ने पनि बताए ।