पोखरा । नेपाली काँग्रेस कास्कीले पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको स्वास्थ्यलाभको कामना गरेको छ । कास्की कांग्रेसका सभापति कृष्ण केसीले विज्ञप्ति प्रकाशित गरी उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।
‘उहाँलाई मस्तिष्कघात भएको भन्ने खबरले हामीलाई दुःखी बनाएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्यलाभ गरी छिट्टै पोखरेलीको सेवामा जुट्नु हुने अपेक्षा गरेका छौं।’विज्ञप्तिमा उनको उपचारमा कुनै कमी आउन नदिने वातावरण मिलाउन पोखरा महानगरपालिकाको ध्यानाकर्षण गराइएको छ ।
मेयर जिसीको मष्तिष्कघातका कारण बिरामी परेका छन् । उनको काठमाडौंस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ











