स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १६४ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३० हजार ४०७ पुगेको छ।
नेपालमा आज १ हजार ८७५ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ५६५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ९५२ रहेको छ।यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ६ लाख ६५ हजार ८८६ जना र एन्टीजेन परीक्षणबाट ४८ हजार ६६२ जना पुगेको छ।आज २१ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ५२७ पुगेको छ।
आज १० हजार ६६ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३४ लाख ६३ हजार ५७ जनाको पिसिआर र २ लाख ५९ हजार ८३१ जनाको एन्टीजेन परीक्षण गरिएको छ।











