काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनु भएको छ ।
मोदीले ट्वीटमार्फत बधाई दिँदै प्रधानमन्त्री देउवाको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । साथै मोदीले देउवाको कार्यकालमा दुई देशबीचका विशिष्ट सम्बन्ध थप सुधार हुनुका साथै नागरिकबीचको सम्बन्ध थप गहिराइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत पाएपछि मोदीको बधाई र शुभकामना आएको हो ।
Congratulations Prime Minister @DeubaSherbdr and best wishes for a successful tenure. I look forward to working with you to further enhance our unique partnership in all sectors, and strengthen our deep-rooted people-to-people ties.
— Narendra Modi (@narendramodi) July 18, 2021











