अर्थेप्सुता परं दुःखमर्थप्राप्तौ ततोऽधिकम् ।
जातस्नेहस्य चार्थेषु विप्रयोगे महत्तरम् ।। –महाभारत, १।१५६।२४
धनको इच्छा गर्नु नै दुःखको कारण हो । जसलाई कमाउन जति कष्ट पर्छ त्यो भन्दा लाखौ कष्ट गुमाउदा हुने गर्दछ ।
महाभारतले धनलाई दुःखदिने वस्तुका रूपमा चित्रित गरेको छ । जसलाई कमाउन जति कष्ट पर्छ त्यो भन्दा लाखौ कष्ट गुमाउदा हुने गर्दछ । किनकि उक्त धन प्राप्तिका निम्ति दुःख अवश्यमेव गर्नु पर्दछ । यसरी प्राप्त भएको धन नष्ट हुँदा कमाउँदा भन्दा पनि निकै दुःख नै लाग्दछ । त्यसैले धन दुःखदको कारण हो । भन्ने नीति वचन मननीय छ । नारायणप्रसाद निरौला –










