नेपाल भ्यालुयर्स एसोसिएसनले गर्यो लुम्बिनी प्रादेशिक शाखा कार्यालयको उद्घाटन
नेपाल भ्यालुयर्स एसोसिएसनले लुम्बिनी प्रदेशमा प्रोदेशिक शाखा कार्यालयको उद्घाटन गरेको छ । एसोसिएसनको आयोजनामा शनिबार लुम्बिनी प्रदेशको सिद्धार्थनगर नगरपालिका–८ मा उक्त शाखाको स्थापना गरी उद्घाटन गरेको हो ।
नेपाल भ्यालुयर्स एसोसिएसनले गर्यो लुम्बिनी प्रादेशिक शाखा कार्यालयको उद्घाटन भ्यालुयर्स नेपालले देशैभरि आफ्नो शाखा विस्तार गर्ने क्रममा यसपटक लुम्बिनीमा स्थापना गरेको नेपाल भ्यालुयर्स एसोसिएनका केन्द्रीय सचिव ई. दिनेशकुमार पाठकले इन्जिनियर्स पोस्टलाई जानकारी दिए । उनले इन्जिनियर्स पोस्टलाई भने, ‘भ्यालुयर्स एसोसिएसनले मूल्यांकनकर्ताहरूको हकहित र संरक्षण विशेष जोड दिने भएकाले मूल्यांकन गर्दा आवश्यक तथ्यांक संकलनमा सहयोग गर्ने उद्देश्यले लुम्बिनीमा पनि यसको शाखा आजबाट सुरु गरिएको हो ।’
नेपाल भ्यालुयर्स एसोसिएन लुम्बिनी प्रदेशका अध्यक्ष ई. शैलेन्द्रकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अथितिका रूपमा एसोसिएसनका केन्द्रीय अध्यक्ष ई. ऋषि कोइरालाको उपस्थिति थियो । त्यसैगरी, अतिथिका रूपमा लुम्बिनी च्याप्टरका वरिष्ठ उपाध्यक्ष ई.लक्ष्मण सेढाईं, उपाध्यक्ष ई. जीवन अर्याल र नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) लुम्बिनी प्रदेशका अध्यक्ष ई. कुसुम ज्ञवालीलगायतको उपस्थिति थियो ।नेपाल भ्यालुयर्स एसोसिएसनले गर्यो लुम्बिनी प्रादेशिक शाखा कार्यालयको उद्घाटननेपाल भ्यालुयर्स एसोसिएसनले गर्यो लुम्बिनी प्रादेशिक शाखा कार्यालयको उद्घाटन कार्यक्रमको सञ्चालन भने ई. गोविन्द पंगेनीले गरेका थिए ।












