दार्चुला घटना छानविन गर्न गृहमन्त्री खाँणले बनाए कार्यदल

प्रकाशित मिति:

गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटना छानविन गर्न गृहसचिव महेश्वर न्यौपानेको नेतृत्वमा कार्यदल बनाएका छन् । भारतीय सुरक्षा बल एसएसबीले तुइनको डोरी चुडाईदिएपछि तुइनबाट झरेर महाकाली नदीमा डुबेर युवा बेपत्ता भएको घटनाको छानबिन गर्न गृहमन्त्री खाँणले गृहसचिव न्यौपानेको संयोजकत्वमा कार्यदल गठन गरेका हुन् ।कार्यदलमा न्यौपानेसहित गृहमन्त्रालयको प्रवक्ता फणिन्द्रमणि पोखरेल, सुदुरपश्चिमका डिआइजी र दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारी सदस्य रहने छन् ।यस्तै उनले यथाशिघ्र छानविन सकेर प्रतिवेदन वुझाउन कार्यदललाई निर्देशन समेत दिएका छन् ।