बुटवल, १६ साउन । लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघ प्रधान कार्यालय बुटवलको ८ औं स्थापना दिवश ( वार्षिकोत्सव ) को अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।दिवशका अवशरमा मानव सेवा आश्रममा रहेका अनाथहरुलाई आश्रममै पुगर खाना खुवाउनु का साथै वृहत रक्तदान समेत सम्पनन गरेको छ । खानाको सम्मान र संरक्षण गर्ने सधै मानवसेवामा अग्रसर भएर काम गर्ने प्रतिवद्धता सो कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।
लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघ प्रधान कार्यालय बुटवलका अध्यक्ष दिनेश थापाले जहाँ खानाको सम्मान अनि संरक्षण हुन्छ त्यहाँ सदैव लक्ष्मी प्रशन्न भै सुख र शान्ति मिल्छ । हामीले आफ्नो घरपरिवारबाट नै शुरुवात गर्नु पर्छ खाना फाल्नु पाप हो भन्ने मान्यता लिएर हिड्नु पर्छ । सडकमा एक छाक खान नपाएर छटपटिएको एक मानवलाई आश्रममा ल्याई सेवा गरेको देखेर आफुहरु ठुलो कार्यक्रम गरेर भन्दा एक दिन भएपनि आश्रमका रहेका बुवाआमासँग रमाउनका लागि आश्रम सम्म आएको संघका थापाले बताए ।
बुटवलमा रहेको मानव सेवा आश्रममा आश्रित रहेका व्यक्तिहरुलाई खाना खुवाउदै आफ्नो वार्षिकोत्सव मनाएको कार्यक्रम संस्थाका सहसचिव तथा कार्यक्रम संयोजक सुन्दर थापा मगरले जानकारी दिए ।कार्यक्रममा वडा नं. ८ टोलकिास समितिका अध्यक्ष पुनम रजाली, मानव सेवा आश्रमकी कोडिनेटर सरु अधिकारी, कार्यक्रम संयोजक द्धय रविन्द्र श्रेष्ठ र सुन्दर थापा मगर लगाएतले बोलेका थिए ।
देशका १६ जिल्लामा २४ स्थानबाट सेवा प्रदान गर्दै आएको संस्थामा हाल १६ सय ५० भन्दा माथी रहेका छन् । जहाँ बालक देखि बृद्धासम्म रहेका अधिकारीको भनाई छ ।त्यस्तै संघले स्थापना दिवशकै अवशरमा रक्त सञ्चार सेवा केन्द्र बुटवलमा आयोजित वृहत रक्तदान कार्यक्रममा ४१ युनिट रक्त संकलन गरेको संघका सचिव तथा कार्यक्रम संयोजक रविन्द्र श्रेष्ठले बताए ।












