इचंगुनारायण मन्दिरबाट राधा कृष्णका चार थान मूर्ति चोरी

प्रकाशित मिति:

काठमाडौं, साउन २० : काठमाडौंको नागार्जुन नगरपालिकास्थित इचंगुनारायण मन्दिरबाट मूर्तिहरु चोरी भएका छन्।काठमाडौंका चार नारायणमध्येको कान्छो नारायणको रुपमा रहेको मन्दिरबाट सानो खालका राधा कृष्णका चार थान मूर्ति चोरी भएको महानगरीय प्रहरी वृत्त स्वयम्भूले जनाएको छ।

मंगलबार चोरी भएका दुई थान राधा र दुई थान कृष्णका ती मूर्तिहरू ढलौटका थिए।मन्दिरको माथिल्लो तलाको झ्यालबाट मूर्ति चोरी भएको पसेको प्रहरीले जनाएको छ। मन्दिरका सुन र चाँदी भने हराएका छैनन्। बुधबार बिहान पूजारी मन्दिरमा जाँदा मूर्ति नदेखेपछि चोरी भएको थाहा भएको हो।