लुम्बिनी स्वतन्त्र सिलाई संघको पहल ; २२० बढि ब्यवसायीले लगाए कोरोना विरुद्धको जोन्सन खोप

प्रकाशित मिति:

सुरेश परियार,साउन २२ गते-लुम्बिनी स्वतन्त्र सिलाई व्यबसायी संघको विशेष पहलमा कोरोना विरुद्धको खोप लगाइएको छ । संघमा आवद्ध २२० बढि सिलाई ब्यवसायीहरुले कोरोना विरुद्धको जोन्सोन खोप लगाएको संघका अध्यक्ष प्रताप परियारले जानकारी दिए । महामारीको रुपमा फैलिएको कोभिड १९बाट बढि सिलाई ब्यवसायीहरु संक्रमण भएको भन्दै लुम्बिनी स्वतन्त्र सिलाई व्यबसायी संघको पहलमा ब्यवसायीहरुलाई कोरोना खोप लगाइएको अध्यक्ष परियारले बताए ।

संक्रमणको बेला प्रत्यक्ष जनस्तर संग सिलाई ब्यवसायी सम्पर्क रहनाले बढि जोखिम मोल्न बाध्य भएको दुखेसो पोख्दै अध्यक्ष परियारले बाकी संघमा आवद्ध सदस्यहरुलाई अर्को चरणमा खोप ब्यवस्थापन गर्न थप भुमिका खेल्ने बताए ।खोप ब्यवस्थापन गरि भुमिका खेलेको भन्दै सिलाई ब्यवसायी महेन्द्र दर्नालले संघलाई धन्यवाद ब्यक्त गर्दे थप खोपको ब्यवस्थापन गरि बाकी सदस्यहरुलाई लगाईदिन आग्रह समेत गरेका छन्् ।

ब्यवसायीहरुले आज रुपन्देहीको देवदह मेडिकलमा कोरोना विरुद्धको जोन्सोन खोप लगाएका सचिब कमल छिनालले उल्लेख गरे ।ब्यवसायीक हित संगै सामाजिक हितमा लुम्बिनी स्वतन्त्र सिलाई ब्यवसायीले कार्य गर्दै आएको छ । केही महिना अघि संघले ब्यवसायीहरुका लागी निशुल्क बिमा समेत गराई सकेको छ ।