मेरिल्याण्डका पादरीलाई बलात्कार तथा गिर्जाघरका सदस्यहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ
मेरिल्याण्डका एक पादरीलाई बलात्कार तथा गिर्जाघरका सदस्यहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएका छन् । उक्त पादरीले स्थानीय चर्च(गिर्जाघर)का सदस्यहरु माथि पी यौन दुर्व्यवहार गरेकोले उनले अभियोगको सामना गर्नु पर्ने भएको छ ।
मेरिल्याण्ड राज्यको टकोमा पार्क शहरका प्रहरीले हयातभिल्सका ३७ बर्षिय एरिक ओडीर फुएनतेसलाई दोश्रो श्रेणीको बलात्कार ,चौथो श्रेणीको यौन दुर्व्यवहार तथा दोस्रो श्रेणीको यौन आक्रमणको अभियोग लगाइएको छ ।उनि मेरिल्याण्डको न्यू ह्यामशायर एभेन्यु (मार्ग)स्थित इगलेसिया पेन्टेकोस्टल एल फिन भिने चर्चका पादरी हुन् । उनी माथि धार्मिक समाजका दुई महिला सदस्यलाई छुट्टाछुट्टै घटनामा यौन दुर्व्यवहार गरेको आरोप छ। प्रहरीले गत २१ जून देखि फुएन्तेसको बिरूद्ध आरोपको अनुसन्धान शुरू गरेका थिए ।
प्रहरी अधिकारीहरुले उनले अन्यलाई पनि यौन दुर्व्यवहार गरेको हुन् सक्ने विश्वास लिएको एनबिसी वाशिंगटनले समाचार लेखेको छ ।शुक्रवार एक पत्रकार सम्मेलनमा जासूसहरूलेअन्य पीडितहरु पनि दुर्व्यवहारको शिकार भएका छन् भने आफ्नो आप्रवासन स्थिति-इमिग्रेसन स्टाटस -जे जस्तो भएता पनि अगाडि आउन आग्रह गरेका छन् । टकोमा पार्क शहर एक शरणस्थान (स्यांगचुअरी सिटी )शहर हो भने ।












