उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भन्दै ठग्दै

प्रकाशित मिति:

आफूलाई उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारको शाखा अधिकृत हुँ भन्दै ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्।

निजामती कर्मचारीको पोशाक समेत लगाएर उपराष्ट्रपति कार्यालयको नाम दुरुपयोग गरि बिभिन्न व्यक्तिहरूलाई अनेक बहानामा झुक्याएर ठगी गरिरहेको सूचना पाएपछि अपराध अनुसन्धान माहाशाखाले पक्राउ गरेको हो।

डोटीको केआईसिंह गाउँपालिका ६ का २६ वर्षीय कुशल भट्ट भनिने केशवराज भट्टलाई कलंकी स्यूचाटारबाट पक्राउ गरेको हो। उनीबाट पीडित भएका कोही व्यक्ति भए सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको हो।उनी यसअघि पनि २०७५ चैत २६ गते साइबर क्राइम र ठगीको मुद्दामा महाशाखाबाटै पक्राउ परेका थिए। त्यतिबेला १ वर्ष कैद र ३० हजार जरिवानाको सजाय भएको थियो।