काठमाडौं, मध्य भोटेकोशीको स्थानीयमा जारी आईपीओमा साउन २९ गते शुक्रबारसम्म कुल ९० हजार ६८१ वटा आवदन परेको छ । जसमध्ये आयोजना प्रभावितहरुबाट ९ हजार ४८७ वटा र सिन्धुपाल्चोक जिल्लाका अन्य गाउँपालिकामा तथा नगर क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुबाट ८१ हजार १९४ वटा आवेदन परेको हो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार गत शुक्रबारसम्म कुल १ अर्ब ७८ करोड ३६ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको १ करोड ७८ लाख ३६ हजार ८७५ कित्ता शेयरका लागि आवेदन दिएका छन् । भौतिक रुपमा आवेदन लिन तोकिएका आवेदन केन्द्र ९इसेवा तथा अनलाइन० र आस्वा प्रणालीबाट उल्लेखित संख्यामा शेयर माग भएको हो ।जसमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाबाट ९ हजार ४८७ वटा आवेदनबाट २३ लाख १० हजार ७०६ कित्ता शेयर माग भएको छ । यो आयोजना प्रभावितका लागि जारी शेयरभन्दा ५ लाख १० हजार ७०६ कित्ता बढी माग हो । सिन्धुपालचोकका भोटेकोशी गाँउपालिका वडा नं १ र ५, बाह्रबिसे नगरपालिका वडा नं ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं ७ र ८ मा स्थायी बसोबास गर्ने आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि स्थानीयमा जारी ६० लाख कित्ताको ३० प्रतिशतले हुने १८ लाख कित्ता शेयर निष्काशन गरिएको थियो ।
यसैगरी सिन्धुपाल्चोक जिल्लाका अन्य गाउँपालिकामा तथा नगर क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुका लागि कुल निष्काशित ६० लाख कित्ता मध्ये ७० प्रतिशत अर्थात ४२ लाख कित्ता शेयर निष्काशन गरिएको छ । यो क्षेत्रका ८१ हजार १९४ आवेदकले १ करोड ५५ लाख २६ हजार १६९ कित्ता शेयर माग गरेका छन् । यो सो क्षेत्रका बासिन्दाका लागि निष्काशन भएको शेयर ९५ लाख २६ हजार १६९ कित्ताले ओभर सब्स्क्राइब भएको हो ।छोटो समयभित्र सिन्धुपाल्चोक जिल्लाका अन्य गाउँपालिकामा तथा नगर क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुबाट उच्च माग आएपनि आयोजना प्रभावितलाई छुटटाएको मध्ये आधा धेरै शेयर बिक्री हुन बाँकी रहेपछि साउन १७ गते आइतबार आवेदन दिने अन्तिम म्याद रहेको समय थप गरेर साउन ३२ गतेसम्म बिक्री प्रबन्धकले आइपीओमा आवेदन गर्ने समय थप गरेको थियो ।
कम्पनीको आयोजना प्रभावित र समग्र सिन्धुपाल्चोकबासीलाई ६० लाख कित्ता शेयर निष्काशन गरिरहेको छ । आईपीओमा सिन्धुपाल्चोक जिल्लाबासीले ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एशिया बैंकका सिन्धुपाल्चोकमा रहेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । लगानीकर्ताले उक्त शेयरमा न्यूनतम ५० कित्तादेखि बढीमा ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।कम्पनीले गत बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीयको लागि प्रतिशेयर १०० अंकितमूल्यका ६० लाख कित्ता निष्काशन तथा बिक्री खुला गरेको थियो । कोराना संक्रमण बढेपछि विभिन्न जिल्लामा जस्तै सिन्धुपाल्चोकमा पनि निषेधाज्ञा जारी भएपछि स्थानीयलाई बिक्री भैरहेको शेयर बीचमा नै स्थगित गरिएको थियो । स्थगित आइपीओ बिक्री साउन ५ गते मंगलबारदेखि पुनः सुरु गरिएको हो ।कम्पनीले पहिलो चरणमा १०० रुपैयाँ अंकित मूल्यको दरमा ६० लाख कित्ता शेयर आयोजना प्रभावितका लागि निष्काशन सुरु गरेको हो ।








