काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सोमबार महन्थ ठाकुर पक्षले दिएको रिटमा सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।











