बुटवलको चौराहा- गोलपार्कसम्मको सडक छिटो मर्मत गर्न नँया युवा नँया सोँच नेपाल रुपन्देही द्वारा ध्यानाकर्षण प्रत्र
मधुसूदन नेपाल बुटवल। नँया युवा नँया सोँच नेपाल रुपन्देहीले बुटवलको चौराहा देखि गोलपार्कसम्मको सडक छिटो मर्मत गर्नको लागि भौतिक मन्त्री सहसराम यादव , सडक बिभाग प्रमुख , बुटवल उप-महानगरपालिका उप-प्रमुख गोमादेवी आचार्यलाई ध्यानाकर्षण प्रत्र बुझाएको छ ।
सोमबार नँया युवा नँया सोँचका रुपन्देहीका अध्यक्ष सन्दिप पौडेल क्षेत्री , कोषाध्यक्ष शैलेन्द्र पन्थी र सदस्य बिक्रम खत्रीले कार्यकक्षमा गइ ध्यानाकर्षण पत्र बुझाएका हुन ।
ध्यानाकर्षण पत्रमा लेखिएको छ स् लुम्विनी प्रदेशको अस्थाई मुकाम, बुटवल उप(महानगर पालीकाको संरक्षणमा रहेको सिद्धार्थ राजमार्ग अन्तरगत चौराहा देखि गोलपार्क सम्म र योगिकुटी देखि पुरानो बसपार्क सम्मको निमार्णअधिन बाटोको अवस्था निकै नै नाजुक भएको कारण बुटवल बासी तथा आगन्तुक पर्यटकहरुले पनी खराब बाटो सास्ती भोग्नु परेको कुरा र सोही कारण दिनहु सोही सडकमा बिभीन्न सडक दुर्घटना घटिरहेको कुरामा ध्यानाकर्षण गराउदै छिटो भन्दा छिटो यो समस्याको समाधान हुन्छ भन्ने बिस्वास को साथ यो ध्यानाकर्षण प्रत्र प्रदान गरीन्छ ।












