काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवा र चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीबीच छलफल सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र केसीबीच छलफल जारी छ। डा केसीले ५ बुँदे माग राखेका छन्। उनले आफ्ना ५ बुँदे माग पूरा नभए यही भदौ ३ गतेबाट अनसन बस्ने चेतावनी दिएका थिए।
डा केसीले दिएको अल्टिमेटमको समय सकिन दुई दिन बाँकी रहेको समयमा प्रधानमन्त्री देउवाले छलफलका लागि केसीलाई बोलाएका हुन्।











