महन्थको नयाँ दल जसपा लोकतान्त्रिक निर्वाचन आयोगमा दर्ता भयो 

प्रकाशित मिति:

काठमाडौं, भदौ २ । महन्थ ठाकुर-राजेन्द्र महतो समूहले निर्वाचन आयोगमा नयाँ दल जसपा लोकतान्त्रिक दर्ताका लागि निवेदन दिएको छ ।पार्टीको अध्यक्षमा ठाकुर छन् ।

उक्त पार्टीले चुनाव चिह्न साइकल छनोट गरेको छ ।जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षले पाएसँगै ठाकुर(महतो समूह दलविहीन बनेको थियो ।राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएपछि उक्त समूहलाई नयाँ पार्टी दर्ताका लागि बाटो खुलेको हो ।नयाँ पार्टीमा २४ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति चयन गरिएको छ ।