नेपाल पत्रकार महासंघको निर्वाचनबाट निर्वाचित पत्रकारहरुलाइ{ रुपन्देही उद्योग संघद्वारा सम्मान

प्रकाशित मिति:

बुटवल भाद्र २- नेपाल पत्रकार महासंघको निर्वाचनबाट निर्वाचित केन्द्र, प्रदेश तथा जिल्लाका पदाधिकारी एवं सदस्यहरुलाई रुपन्देही उद्योग संघले एक समारोहकाबीच सम्मान गरेको छ । संघका अध्यक्ष बाबुराम बोहोराको अध्यक्षता र लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एवं संघका पूर्व अध्यक्ष तथा सल्लाहकार समितिका संयोजक एजाज आलमको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा रुपन्देही जिल्लालाई कर्मथलो बनाई कलम चलाउँदै आउनु भएका नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्ला शाखा रुपन्देहीको विभिन्न पदमा निर्वाचित पत्रकारहरुलाई सम्मान गरिएको हो ।

समारोहमा बोल्नुहुँदै संघका अध्यक्ष बाबुराम बोहोराले उद्योग र संचारको नङ र मासु सरहको सम्बन्ध रहने हुँदा एक आपसमा सहकार्य गर्दै औद्योगिक विकासमा अघि बढनु पर्ने बताउनुहुँदै नव निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो । वहाँले रुपन्देही र समग्र देशकै औद्योगिक एवं आर्थिक विकासका सन्दर्भमा रुपन्देहीका संचारगृह र पत्रकारहरुले खेल्नु भएको भूमिका सह्रानीय रहेको बताउनुहुँदै पत्रकारहरुप्रति आभार व्यक्त गर्नु भएको भयो । अध्यक्ष बोहोराले उद्योग क्षेत्रका चुनौती समस्या र सम्भावनाहरुको विषयमा थप सक्रिय रही कलम चलाउन समेत आग्रह गर्नु भयो ।कार्यत्रममा प्रमुख अतिथि एजाज आलमले शुभकामना मन्तव्य राख्नुहुँदै खोज, अनुसन्धान र अध्ययनलाई प्राथमिकतामा राखी समाचार सम्प्रेषण गर्न र औद्योगिक विकासमा सहकार्य गरी अघि बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै संघका पूर्व अध्यक्ष महेन्द्रनारायण श्रेष्ठले उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कारको स्थापनाको मर्म र उपलब्धीका बारेमा आप्mनो धारणा राख्नु भएको थियो ।कार्यक्रममा बोल्नुहुँदै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले रुपन्देही उद्योग संघले औद्योगिक विकासमा सन्दर्भमा खेलेको भूमिका उल्लेख्य र प्रसंनीय रहेको बताउनुहुँदै क्षेत्रगत रुपमा अध्ययन र सहकार्य गरी अघि बढ्न जोड दिनुहुँदै ै संघद्वारा गरिएको सम्मान प्रति आभार व्यक्त गर्नु भएको थियो ।नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले समग्र प्रदेशमै औद्योगिक विकासमा अग्र स्थानमा रहेको रुपन्देही जिल्लाको औद्योगिक विकासमा व्यवसायिक संघसंस्था र संचार क्षेत्र सक्रिय रुपमा अघि बढ्न आफुहरु कटिवद्ध रहेको बताउनु हुँदै संघले गरेको सम्मान महत्वपूर्ण रहेको बताउनु भएको थियो ।कार्यक्रममा बोल्नुहुँदै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डेले अबका दिनमा कलम र उद्योग सँगसँगै चलाउनु पर्ने समय आएको हुँदा आ—आप्mना क्षेत्रबाट जुटेर अघि बढ्न आग्रह गर्नुहुँदै पत्रकार महासंघ र व्यवसायिक संघसंस्थाहरुबीचको सम्बन्ध थप प्रगाढ बनाउन आप्mनो सक्रिय भूमिका रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा संघका प्रेस सल्लाहकार दिनेश पाण्डे, उत्कृष्ट ओद्योगिक पत्रकारिता पुरस्कारबाट सम्मानित पत्रकार माधब ढुंगाना लगायतले बधाई तथा शुभकामना ज्ञापन गर्नु भएको थियो ।

सम्मान समारोहमा रुपन्देही उद्योग संघद्वारा वि.सं.२०५७ सालमा रु. ५०००।— हजार नगद राशी सहित स्थापना गरिएको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कारको बृत्त चित्र समेत प्रस्तुत गरिएको थियो । हाल संघले उक्त पुरस्कार राशी बृद्धि गर्दै ३५,५५५।— पु¥याएको छ ।
संघका वरिष्ठ उपाध्यक्ष माधबप्रसाद पौडेलको स्वागत, संघका प्रथम उपाध्यक्ष दिलिप सापकोटाको धन्यवाद ज्ञापन र संघका महासचिव जिवकान्त काप्mलेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।