अफगानिस्तान युद्ध : छिमेकी मुलुक हुदै नेपालीलाई ल्याउने तयारी भैरहेको छ

प्रकाशित मिति:

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले अफगानिस्तानमा रहेका नेपाली लिन तत्काल नेपाली ध्वजाबहाक जहाज जानसक्ने अवस्था नरहेको बताएका छन् ।

कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहमन्त्री खाँणले नेपाली ध्वजाबाहक जहाज पठाउन सरकार तयार रहेपनि काबुलमा जान सक्ने अवस्था नरहेको बताएका हुन् ।उनले अन्य माध्यमबाट छिमेकी मुलुक हुदै नेपालीलाई ल्याउने पूर्व तयारी गरेको जानकारी दिए । अफगानस्थानमा विभिन्न क्षेत्रमा रहेका नेपालीहरुको तथ्याङ्क संकलन गर्ने काम भइरहेको र कति नेपाली आउन बाँकी छन् भन्नेमा सरकार निरन्तर संवादमा रहेको उनले बताए ।

अफगानिस्तानको घटनामा नेपाल तटस्थ रुपमा उभिएको समेत गृहमन्त्रीले बताए । समितिले अफगानिस्तानमा रहेका नेपालीको मानव अधिकारको स्थिति, सुरक्षा र उद्धार सम्बन्धमा सरकारसँग छलफल गरेकोे हो ।