झापाको दमक क्याम्पस अगाडी अनेरास्ववियुले दल विभाजन सम्वन्धी अध्यादेशलाई सांकेतिक रुपमा जलाएको छ । सरकारले जारी गरेको अध्यादेशको विरुद्धमा उनीहरुले नारावाजी गर्दे प्रर्दशन समेत गरेका छन् ।
एमाले अध्यक्ष समेत रहेका ओलीको गृह नगर दमकमा रहेको दमक क्याम्पस गेटमा अनेरास्ववियुका कार्यकर्ताहरुले शेरबहादुर देउवा सरकारले दल विभाजन सम्वन्धी अध्यादेश ल्याएर देशलाई पुनः राजनीतिक अस्थिरतामा लगेको भन्दै नारावाजी गरेका थिए ।
अनेरास्ववियु झापाका अध्यक्ष समर्पण खतिवडाले देउवा सरकारले एमाले फुटाउन संसद छलेर यो अध्यादेश ल्याएको भन्दै विरोध गरे । त्यसैगरी अनेरास्वियु इलामका कार्यलय सदस्य निशेष राईले देउवा सरकार राजनीतिक अस्थिरतालाई निम्त्याउदै ‘फुटाउ र राज गर’को नीतिमा अघि बढेको भन्दै अध्यादेश तत्काल फिर्ता नभए अझ शसक्त आन्दोलनमा उत्रने बताए ।











