कपिलबस्तु ५ भदौ । कपिलबस्तु । बुद्धभूमी नगरपालिकामा निशुल्क साप्ताहिक आँखा शिविर संचालन हुँदैछ । बुद्धभुमी नगरपालिकाको आर्थिक सहयोग र नेपाल नेत्र ज्योती संघ छ्न्द काले बाबू नारायणी आँखा अस्पतालको प्राबिधिक सहयोगमा साप्ताहिक आँखा शिविर एका कार्यक्रमका बीच बुद्धभुमी नगरपालिका प्रमुख केशव कुमार श्रेष्ठले गनुएको हो । साप्ताहिक आँखा शिविर हरेक शनिबार १० बजे सेवा संचालन हुने नगर प्रमुख केश्व श्रेष्ठले जानकारी दिनुभएको छ ।
उहाँले विशेषगरी तराईका जिल्लामा विभिन्न किसिमका आँखको समस्या भएको कारण सामान्य रुपमा आफुहरुले नगरबासीहरुलाई केही सहयोग पुग्ने उद्देश्यले आँख शिविर राखेको बताउँनुभयो । आँखा जाचँपछि अप्रेसन गर्नुपर्ने बिरामीका हकमा नगरपालिकाले आर्थिक सहयोग गर्ने समेत कार्यक्रममा बोल्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले बताउँनुभयो । साथै प्रमुख श्रेष्ठले अन्य बिविभन्न रोगका बिरामीलाई पनि प्राथमिकता दिई समय सापेक्ष बिभिन्न शिविरको आयोजना गरिने जनकारी दिनुभयो । शिविर उद्घाटन कार्यक्रममा बुद्धभुमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेल, आँखा स्वास्थ्य कार्यक्रमका प्रमुख प्रशासक शमसेर थापा, नेपाली काग्रेसका नेता हिमलाल न्यौपाने, जसपाका केन्द्रिय सदस्य सल्लाहकार बिष्णु हरि शर्मा, डाक्टर सुलक्ष्मी कटुवाल, सूचना तथा शाखा अधिकृत राजन पोख्रेलनगरपालिका प्रवक्त पवन चौधरीले लगायतले आआफनो धारणा राखेका थियो ।












