किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

प्रकाशित मिति:

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिका ५ नयाँबस्ती बस्ने ३० वर्षीय छविलाल चौहान मगरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। छविलालले ती किशोरीलाई सोमबार बेलुका आफ्नै कोठामा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।