काठमाडौं – पोखराका दर्जन भन्दा बढी पर्यटन व्यवसायी कांग्रेसका प्रवेश गरेकाछन् ।पूर्व राष्ट्रिय खेलाडी एवं पोखराका पुर्व उप–मेयर गणेश बहादुर भट्टराई लगायतका व्यवसायी शुक्रबार कांग्रेस प्रवेश गरेका हुन् ।उनीहरूलाई कांग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले बालुवाटारमा सदस्यता प्रदान गर्दै सम्मान गरेका थिए।
भट्टराईसँगै पोखरा पर्यटन परिषदका अध्यक्ष एवं एन्फा कास्कीका पूर्व अध्यक्ष गोपी बहादुर, धर्मेन्द्र कुमार वाटाजु,अशोक कुमार भण्डारी,जीवन भट्टराई, ई।विकाश भट्टराई, ई।विशेष भट्टराई,जयराम तिमिल्सीना कांग्रेस प्रवेश गरेकाछन् । त्यस्तै कांग्रेस प्रवेश गर्नेमा सुुनिल बहादुर भट्टराई,अमित थापा, सरोज भट्टराई,च्याम बहादुर गुरुङ,अमृत ढकाल छन् ।












