प्रधानन्यायाधीश चोलन्द्रशम्शेर जबरा संवैधानिक परिषद्बाट भएका नियुक्ति बदर गर्न माग गर्दै परेको रिट निवेदनको सुनुवाइमा नबस्ने भएका छन् ।प्रधानन्यायाधीश जबरा तथा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट विपक्षी बनाइएको मुद्दामा प्रधानन्यायाधीश बस्न नमिल्ने भन्ने प्रश्न उठेपछि उनले नबस्ने निर्णय गरेका हुन् ।
सर्वोच्च अदालतका प्रेस विज्ञ किशोर पौडेलकाअनुसार प्रधानन्यायाधीश राणा उक्त विवादको प्रारम्भिक सुनुवाइ र अन्तिम सुनुवाइका दिन सहजताका लागि बिदामा बस्नेछन् ।संविधानबमोजिम संवैधानिक इजलास प्रधानन्यायाधीशकै नेतृत्वमा गठन हुने भए पनि संवैधानिक परिषद्ले गरेका नियुक्ति बदर गर्ने मागको विवादमा प्रश्न उठेपछि उनी इजलासबाट बाहिरिएका हुन्। उक्त मुद्दाको पेशी अर्को शुक्रबारका लागि तोकिएको छ ।
गत मङ्सिर ३० गते र त्यसपछि जारी भएका अध्यादेशविरुद्ध संवैधानिक इजलास प्रारम्भ हुनेबित्तिकै वरिष्ठ अधिवक्ता शम्भु थापा, दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीशले उक्त विवादमा सुनुवाइ गर्न नमिल्ने भनी प्रश्न उठाएका थिए । रासस











