काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीले जाली तमसुक गरेर आफूमाथि ठगी गरेको आरोप लगाएका छन् ।अध्यक्ष र प्रधानमन्त्री आधा–आधा हुने भनेर जाली तमसुकमा हस्ताक्षर गराएर आफूमाथि ओलीले ठगी गरेको उनको भनाइ छ । शनिबार काठमाडौंमा वाईसीयल नेपालले आयोजना गरेको राष्ट्रिय भेलामा बोल्दै उनले तत्कालीन नेकपामा आफूहरूलाई अप्ठ्यारोमा पारिएको दुःखेसो पोखे ।
“अध्यक्ष आलोपालो, प्रधानमन्त्री पनि पालो गर्ने भन्नेमा सही गरियो । त्यहाँभन्दा के चाहियो रु हामीले त जे भनेको त्यही हुन्छ भन्ने बुझियो । तर, त्यो खालि प्रधानमन्त्री प्राप्तिका लागि ठगी धन्दा रहेछ । उनको ठगी धन्दा, तमसुकमा सही गरेपछि त भयो भनी ठान्यौँ हामीले । तमसुक हेरेर बसियो, विचरा १ उनले त प्रधानमन्त्री पड्काए, लगेको लग्यै पारे,” प्रचण्डले भने ।ओलीसँग गठबन्धन गरेर के पायौ रु भनेर आफूमाथि सत्तारूढ दलभित्रैबाट प्रश्न आउने गरेको गुनासो पनि उनले गरे ।उनले सत्तारूढ गठबन्धनलाई कमजोर बनाउने कसरत भइरहेको उल्लेख गर्दै त्यसका विरुद्ध सशक्त ढंगले लाग्न पनि पार्टीको युवा संगठन वाईसीयलका नेता–कार्यकर्तालाई निर्देशन दिए ।
उनले भने, “प्रतिक्रियावादी शक्तिहरूले कुनै पनि रूपमा यो गठबन्धनलाई कमजोर पार्ने, यो परिवर्तनलाई उल्टयाउने र कहीँ न कहीँ पुरातनपन्थतिर मुलुकलाई फर्काउने कसरत गरिरहेका छन् । त्यसलाई रोक्नका लागि तपाईं युवाहरूप्रति पार्टीको ठूलो भरोसा छ ।”युवा नै मुख्य शक्ति भएको उल्लेख गर्दै प्रचण्डले हरेक कमिटीमा उनीहरूको २० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गराउने व्यवस्था पार्टीको विधानमा किटान गरिएको पनि स्मरण गराए ।











