‘अर्कै दल दर्ता गरेकाले एमालेले सिफारिस गरेका १४ सांसदलाई कारबाही आवश्यक छैन’

प्रकाशित मिति:

काठमाडौं( प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेले पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै कारबाही सिफारिस गरेका सांसदको पद कायमै रहने भएको छ। एमालेले कारबाही सिफारिस गरेका १४ सांसदले अर्कै दल दर्ता गरेकाले उनीहरूलाई कारबाही गर्न नपर्ने संसद् सचिवालयले ठहर गरेको हो।

भदौ १ गते एमालेले तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जनाले अनुशासन उल्लंघन गरेको आरोप लगाउँदै उनीहरूको सांसद पद खारेजीको माग गर्दै संसद् सचिवालयमा पत्र पठाएको थियो। भदौ ९ गते उनीहरूको सनाखतमा नेकपा एकीकृत समाजवादी दल दर्ता भइसकेकाले उनीहरूमाथि कारबाही आवश्यक नभएको सचिवालयले ठहर गरेको हो। एमालेले सिफारिस गरेका आफ्ना १४ सांसदलाई कारबाही नगरेको भन्दै एमाले सभामुखप्रति खनिइरहेको छ।