लायन्स देउरालीद्वारा निशुल्क आंखा शिविर

प्रकाशित मिति:

बुटवल । लायन्स क्लब अफ बुटवल देउरालीको आयोजनामा तिलोत्तमा–६ मा निःशुल्क आंखा चेकजांच शिविर सम्पन्न भएको छ । आनन्दवन स्वास्थ्य चौकीमा भएको शिविरमा १५५ जना महिला र १५३ जना  पुरुष गरी ३ सय ८ जनाले आंखा चेकजांच गराएका छन् । ती मध्ये ३१ जना मोतियाबिन्दुको अप्रेशन गर्नुपर्ने रहेका र उनीहरुको लायन्स आंखा अस्पताल बुटवलमा निशुल्क उपचार हुने आयोजक क्लबका अध्यक्ष ज्ञानप्रसाद पौडेलले बताए ।

शिविरमा सिनियर ओए मनोहर न्यौपाने,ओए अखिलेश यादव,स्वास्थ्यकर्मी विकल्प गौतम,अनमि अनिता दर्लामीले चेकजांच गरेका थिए । शिविर उद्घाटन समारोहमा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी २ का द्वितीय भाइस गभर्नर नवराज न्यौपाने,तिलोत्तमा ६ का वडा अध्यक्ष सुखदेव न्यौपाने, लायन्स डिस्ट्रिक्ट चिफ एडभाइजर उमंग देवकोटा,एरिया ४ चिफ जीवन गौतमले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम लायन्स देउरालीका अध्यक्ष ज्ञानप्रसाद पौडेलको अध्यक्षता,प्रथम उपाध्यक्ष रमेश पाण्डेको स्वागत,सचिव कृष्ण भण्डारीको सञ्चालन र द्वितीय उपाध्यक्ष दीपक पन्थीको धन्यवाद ज्ञापनमा सम्पन्न भएको थियो । शिविरको सहआयोजकमा लायन्स क्लब बुटवल कालिका रहेको थियो । कालिकाले करिब ५० हजार रुपैयां बराबरको औषधि सहयोग गरेको थियो ।