कांग्रेसको थप ३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक

प्रकाशित मिति:

१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले थप ३ जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको छ ।

मंगलबार निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै सुनसरी, मकवानपुर र बागलुङ जिल्लाको क्रियाशील सदस्यताको नामावली पार्टीको वेबसाइटमा प्रकाशन गरेको जनाएको छ । ती जिल्लामा १४ औं महाधिवेशनका लागि जिल्ला निर्वाचन अधिकृत पनि खटाइसकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिले पटक-पटक गरी ५६ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिसकेको छ ।

थप समाचार