नेपाल विद्युत प्राधिकरणका कारण इन्टरनेट सेवा अवरुद्ध हुन सक्छ : आईएसपीएएन

प्रकाशित मिति:

काठमाडौं । इन्टर्नेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आईएसपीएएन)ले नेपाल विद्युत प्राधिकरणका कारण इन्टरनेट सेवा अवरुद्ध हुन सक्नेतर्फ आफ्ना ग्राहकहरुलाई सचेत गराएको छ ।

आईएसपीएएनका अध्यक्ष सुधिर पराजुलीले बुधबार विज्ञप्ति जारी गर्दै भरतपुर क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध भएमा सोको सम्पूर्ण जिम्मेवारी नेपाल विद्युत प्राधिकरणले लिनु पर्ने बताएका हुन् ।प्राधिकरणलाई भाडा तिर्न आफूहरु तत्पर रहेको भन्दै उनले ग्राहकलाई वृद्धि भएको भाडादरको भार नपार्नका छलफललाई जारी राखेको समेत बताए ।

देशका विभिन्न ठाउँमा र विशेष गरी भरतपुरमा नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीका कारण इन्टरनेट सेवा प्रवाहमा असहज अवस्था सिर्जना भएको उनले बताए ।